अटिजम केयर चितवन सोसाइटीको स्थापना अटिजम अपाङ्गता
भएका बालबालिकाका अभिभावकहरू सङ्गठित भई अटिजम
अपाङ्गता भएका बालबालिका तथा व्यक्तिहरूको अधिकार तथा
सर्वाङ्गीण विकासको सुनिश्चितता गर्नका लागि विक्रम संवत् २०७५
सालमा गरिएको हो ।
अटिजम अपाङ्गता भएका व्यक्ति र उनीहरूका परिवारका
सदस्यहरूलाई सामाजिक बहिष्करण, साँस्कृतिक विभेद र सुविधाबाट
बञ्चितीमा रहेको स्थितिलाई मध्यनजर गर्दै अटिजम अपाङ्गता
भएका व्यक्तिको मूलभूत सवालहरूलाई मूलधारमा स्थापित गर्ने
उद्देश्यका साथ यसको स्थापना भएको हो ।
