अटिजम सम्बन्धि तथ्य

अटिजम बालबालिकाले जन्मजात लिएर आउने एक प्रकारको
अवस्था हो । यो एक न्युरोडाइभर्स अवस्था हो, जसले व्यक्तिको
सामाजिक अन्तरक्रिया, संचार (बोली वा गैर–बोली), र व्यवहारजन्य
ढाँचाहरूमा असर गर्छ । यो एक न्युरोडेभलपमेन्टल (मस्तिष्क
विकाससम्बन्धी) विकार हो, जुन प्रायः बाल्यकालमै देखिन सुरु
हुन्छ र जीवनभर रहन सक्छ ।
अटिजम भएका व्यक्तिहरूमा सोच्ने, सिक्ने, र समस्याहरू समाधान
गर्ने तरिका फरक फरक देखिन सक्छ । केही व्यक्तिहरू स्वतन्त्र
रूपमा जीवनयापन गर्न सक्षम हुन्छन् भने केहीलाई दैनिक जीवनका
गतिविधिहरूमा सहयोग आवश्यक पर्न सक्छ।
जन्मेको १८ महिनादेखि ३ वर्षको उमेर सम्म अटिजम प्रष्ट रुपमा
पहिचान गर्न सकिन्छ । अटिजम कुनै रोग होइन र यो मनोवैज्ञानिक
विकार पनि होइन । अटिजमसंगसंगै अरु अपाङ्गता पनि मिसिएर
आउन सक्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *